एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले रिम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रिम्सको मैदानमा पीएसजीलाई जित दिलाउन दुवै गोल माैरो इकार्डीले गरे ।
पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
पीएसजीको यो सिजनको तेस्रो जित हो । पीएसजीले ५ खेलमा ९ अंक जोडेको छ ।
पीएसजी तालिकाको सातौं स्थानाम रहेको छ ।
रिम्स १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । रिम्सको यो चौंथो हार हो ।
