एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिल्बाओले पहिलो जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा आइबरलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओले पहिलो जित निकालेको हो ।
आइबरको मैदानमा उनाइ लोपेजले ४० औं मिनेटमा गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा किकेले गोल गर्दै आइबरलाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ८७ औं मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।
जितसँगै बिल्बाओले २ खेलमा ३ अंक जोडेको छ । बिल्बाओ पहिलो खेलमा पराजित भएको थियो ।
आइबरको यो दोस्रो हार हो । ३ खेलमा आइबरले १ अंक जोडेको छ ।