एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै लिड्सले दोस्रो जित निकालेको हो ।
सेफिल्डको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८८ औं मिनेटमा बामफोर्डले निर्णायक गोल गरेका हुन् । उनले ज्याक हारिसनको पासलाई सदुपयोग गरे ।
जितसँगै लिड्सले ३ खेलमा ६ अंक जोडेको छ । लिड्स तालिकाको सातौं स्थानमा रहेको छ ।
सेफिल्डको यो लगातार तेस्रो हार हो । अंक विहीन सेफिल्ड पुछारमा रहेको छ ।
