एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा ओसासुनालाई ३-१ गोल अन्तरले पराजित गर्दै लेभान्टेले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा ३८ औं मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७७ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए । त्यसअघि ७१ औं मिनेटमा रोजर पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई ३-१ को जित दिलाए ।
जितसँगै लेभान्टेले २ खेलमा ३ अंक जोडेको छ ।
ओसासुनाले ३ खेलमा ३ अंक जोडेको छ ।