एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज (आइतबार) रोमासँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले सिजनको दोस्रो खेलको रुपमा रोमासँग खेल्ने लागेको हो । रोमाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
रोमाविरुद्ध मैदान उत्रदा युभेन्ट्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
तर, बलियो टिम रोमाविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने छैन ।
रोमा भने घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ । सिजनको पहिलो खेलमा रोमा हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो ।
सिरी ए अन्तर्गत नै अर्को खेलमा एसी मिलानले क्रोटोनसँग खेल्नेछ ।
यस्तै नापोलीले जिओना र हेलास भेरोनाले उडिनेसेसँग खेल्नेछ ।