एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले आज (आइतबार) सिजनको दोस्रो खेल खेल्दैछ ।
बायर्नले सिजनको दोस्रो खेलमा होफेनहाइमको सामना गर्नेछ । बायर्न र होफेनहाइमबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
होफेनहाइमको मैदानमा बायर्न लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
बलियो टिम बायर्नले सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको थियो । सिजनको पहिलो खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरले हराएको थियो ।
घरेलु टिमविरुद्ध बायर्न जितको त्यो लयलाई कायम राख्न चाहन्छ ।
तर, घरेलु टोलीलाई बायर्नलाई कडा चुनौती भने दिने अनुमान गरिएको छ ।
होफेनहाइम समेत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा होफेनहाइमले कोएल्नलाई ३-२ ले हराएको थियो ।
अर्को खेलमा फ्राइबर्गले वोल्फ्सबर्गसँग खेल्नेछ । त्यस्तै युनियन बर्लिनले मैन्जको सामना गर्नेछ ।