एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटीले आज (आइतबार) लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले सिजनको दोस्रो खेलमा घरेलु मैदानमा बलियो प्रतिद्वन्दी लेष्टरसँग खेल्नेछ । सिटी र लेष्टरबीचको खेल नेपाली समय अनुसार ९:१५ बजे सुरु हुनेछ ।
इतिहाद स्टेडियममा मैदान उत्रदा सिटी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा पेप ग्वार्डीवालाको सिटीले उल्भ्सलाई ३-१ गोल अन्तरले हराएको थियो ।
तर, बलियो लेष्टरविरुद्ध सिटीलाई जित निकाल्न सहज भने हुने छैन। किनकि अघिल्ला दुई खेलमा अपराजित लेष्टर पनि लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
यस्तै सिटीलाई खेलाडीको चोटले सताउनेछ । लेष्टरविरुद्ध सिटीसँग फस्ट टिमका १३ खेलाडी मात्र उपलब्ध हुनेछन्।
लेष्टरविरुद्धको खेल जिसस ग्राबियलले समेतगुमाउने छन् ।
लेष्टरले सिजनको पहिलो खेलमा वेस्ट ब्रुमलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
लेष्टर ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । घरेलु टोलीलाई हराएर लेष्टर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ ।
यस्तै वेस्ट ह्यामले उल्भ्ससँग खेल्दा लिड्सले सेफिल्डसँग खेल्नेछ ।