एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा रेनसले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रेनसले सेन्ट इटिनेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
इटिनेको मैदानमा ३३ औं मिनेटमा नैफ अगुएर्डले गोल गर्दै रेनसलाई सुरुवाती अगता दिलाएका थिए ।
४७ औं मिनेटमा इटिनेका नोर्डीनले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनको गोल अफसाइड देखिएको थियो ।
खेलको ५३ औं मिनेटमा सेह्रोउ गुइरासीले गोल गर्दै रेनसको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा एड्रिन हुनोउले गोल गर्दै रेनसलाई ३-० को सहज जित दिलाए ।
जितसँगै रेनस लिगको शीर्ष स्थानमा उक्लिएको छ । रेनसले ५ खेलमा १३ अंक जोडेको छ ।
पराजित इटिने १० अंकसहित १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा मार्सेली र मेट्जले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।