एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।
क्रिस्टलको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।
खेलको दशौँ मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा कोउयाटेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ४० औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई जित दिलाए । क्रिस्टलका जोएल वार्डले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि एभर्टनले पेनाल्टी पाएको थियो । जसमा रिचार्लीसनले सहजै गोल गरे ।
जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १-० ले हराएको थियो । दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५-२ ले हराएको थियो ।
क्रिस्टलको यो पहिलो हार हो । क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ ।
यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १-० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएको थियो ।
