एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्ड आउग्सबर्गसँग २-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा आउग्सबर्गलाई जित दिलाउन फेलिक्स उडोखाइ र डानिल कालिगुईरीले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा फेलिक्सले गोल गर्दै आउग्सबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा डानिलले गोल गर्दै आउग्सबर्गलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै आउग्सबर्ग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आउग्सबर्गले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा आउग्सबर्गले युनियन बर्लिनलाई ३-१ ले हराएको थियो ।
डर्टमण्डको यो सिजनको पहिलो हार हो । डर्टमण्डले २ खेलमा ३ अंक जोडेको छ ।
डर्टमण्डले पहिलो खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई ३-० ले हराएको थियो ।
बुन्डेसलिगा अन्तर्गत नै अर्को खेलमा आरबी लाइपजिगले बायार लेवरकुसनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।