एजेन्सी । म्यान्चेष्टर सिटीका ग्याब्रियल जिसस कम्तिमा तीन हप्ता मैदान बाहिर रहने भएका छन् ।
प्रिमियर लिग फुटबलका सोमबार उल्भ्सबिरुद्धको खेलमा चोट बोकेका जिसस केही हप्ता मैदान बाहिर रहने पक्का भएको हो ।
चोटकै कारण ब्राजिली फुटबल महासंघले जिससलाई राष्ट्रिय टिमबाट बाहिर राखेको छ ।
जिससले ब्राजिलबाट बोलिभिया र पेरुबिरुद्ध हुने खेल गुमाउनेछन् ।
२३ बर्षका जिससले पुरा ९० मिनेट उल्भ्सबिरुद्ध खेलेका थिए ।
घुँडाकै चोटका कारण फरवार्ड सर्जियो अग्युरो समेत कम्तिमा ७ हप्ता मैदान बाहिर रहने भएका छन् ।
‘इङ्लिस टिमले ब्राजिली राष्ट्रिय टिमसंग सम्पर्क गरेर चोटको जानकारी गराएको छ ।’ राष्ट्रिय टिमद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
ब्राजिलले अक्टोबर ९ मा बोलिभिया र अक्टोबर १३ मा पेरुबिरुद्ध खेल्दैछ ।
म्यान्चेष्टर सिटीले आईतबार प्रिमियर लिगमा लेस्टर सिटीसंग खेल्दैछ ।