एजेन्सी । जर्मन क्लब बायर लेवरकुसनले कोलम्बियन डिफेन्डर सान्टियागो एरियासलाई लोनमा अनुबन्धन गरेको छ ।
बुन्डेसलिगा क्लब लेवरकुसनले सान्टियागोलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गरेको हो ।
लेवरकुसनले २८ वर्षीय डिफेन्डरलाई एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।
यस्तै एट्लेटिकोले लेवरकुसनलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ ।
राइट ब्याक सान्टियागो सन् २०१८ मा डच कब् पिएसभीबाट एट्लेटिको आएका थिए ।
उनले एट्लेटिकोमा ३९ लिग खेलमा १ गोल गरेका छन् ।
कोलम्बियाका लागि उनले ५३ खेल खेलेका छन् ।
