एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले १६ वर्षीय फरवार्ड जेमी गिटन्सलाई अनुबन्धित गरेको छ ।
डर्टमण्डले युवा खेलाडी जेमीलाई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
डर्टमण्डका स्पोर्टिङ डिरेक्टर माइकलले सिटीको एकेडेमीका खेलाडी जेमीलाई अनुबन्धित गरिएको बताएका छन् ।
बुन्डेसलिगा क्लबले युवा फरवार्डसँग लामो समयको सम्झौता गरेको बताईएको छ ।
जेमी इंग्ल्यान्डको यू-१७ टोलीका महत्वपूर्ण सदस्य हुन् । उनी सिटीका यू-१८ टिमका सदस्य थिए ।
युवा खेलाडीको लागि डर्टमण्ड उत्कृष्ट क्लब मानिन्छ ।
यस अघि डर्टमण्डले जाडोन सान्चोलाई सिटीबाट १७ वर्षको उमेरमा अनुबन्ध गरेको थियो ।
युरोपियन क्लब फुटबलमा २० वर्षीय विंगर सान्चो हट केकका रुपमा रहेका छन् ।
डर्टमण्डले यसै समरमा इंग्ल्यान्डका युवा १७ वर्षीय मिडफिल्डर जुड बेलिङहमलाई समेत अनुबन्ध गरेको थियो ।