एजेन्सी । काराबाओ कप फुटबलको चौंथो चरणमा टोटेनहमले चेल्सीको सामना गर्ने भएको छ ।
टोटेनहमले तेस्रो चरणमा बाई पाएपछि चौंथो चरणमा चेल्सी प्रतिद्वन्दी पाएको हो ।
टोटेनहमले तेस्रो चरण नखेल्दै चौंथो चरणमा प्रवेश पाएको हो ।
तेस्रो चरणमा टोटेनहमले लिग टु क्लब लेटन ओरियन्टसँग गत मंगलबार खेल्ने तालिका रहेको थियो । तर, ठुलो मात्रामा ओरियन्टका खेलाडीलाई कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।
काराबाओ कपले शुक्रबार दुई टिमबीचको खेल रद्द गर्दै टोटेनहमलाई बाई दिएको हो ।
अब टोटेनहमले चेल्सीसँग आगामी मंगलबार खेल्नेछ ।
चेल्सीले तेस्रो चरणमा ब्रान्सलीमाथि ६–० को जित निकालेको थियो ।