एजेन्सी । प्रिमियर लिग क्लब बर्नलीले मिडफिल्डर डेल स्टिफेन्सलाई अनुबन्धित गरेको छ ।
बर्नलीले इंग्लिस मिडफिल्डरलाई ब्राइटनबाट अनुबन्धित गरेको हो ।
३१ वर्षीय मिडफिल्डरले बर्नलीसँग २ वर्षको सम्झौता गरिएको छ ।
बर्नली र ब्राइटनले सम्झौता रकम भने खुलाएको छैन ।
ब्राइटनमा ६ सिजन बिताएर स्टिफेन्स बर्नली आएका हुन् ।
सन् २०१४ मा ब्राइटन आएका उनले २ सय २३ खेल खेलेका थिए ।
