एजेन्सी । इंग्लिस क्लब टोटेनहम युरोपा लिगको छनोटको चौंथो चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा केएफ स्केनडियालाई ३-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम चौंथो चरणमा पुगेको हो ।
टोटेनहमको जितमा इरिक लमेला, ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे । स्केनडियाका भाल्मिर नाफिउले एक गोल फर्काए ।
अब टोटेनहमले प्ले अफमा मक्कावीसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्काे खेलमा इटालियन क्लब एसी मिलानले नर्वेको क्लब बोडो ग्लिम्टलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन हकान कलहानोग्लुले दुई गोल गरे । लोरेन्जो कोलोम्वोले एक गोल थपे । बोडोका कस्पर जंकर र जेन्स हाउजले एक एक गोल गरे ।
मुख्य स्ट्राइकर ज्लाटन ज्लाटन इब्राहिमोविचबिना मैदान उत्रिएको मिलानले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
कोरोना भाईरसको संक्रमण देखिएपछि इब्राहिमोविच टिम बाहिर रहेका छन् ।
