एजेन्सी । पोर्चुगलको क्लब स्पोर्टिङ सीपीले आफ्नो फुटबल एकेडेमीको नाम 'एकेडेमीया क्रिस्टियानो रोनाल्डो' नामकरण गरेको छ ।
पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा सीपीले एकेडेमीको नाम 'एकेडेमीया क्रिस्टियानो रोनाल्डो' नामकरण गरेको हो ।
सीपीले सोमबार रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको कारण उनको नाममा एकेडेमीको नामकरण गरिएको जनाएको छ ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले सीपीबाटै आफ्नो व्यावसायिक करियरको सुरुवात गरेका थिए ।
इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका रोनाल्डोले २००२ मा सीपीको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसअघि उनले सीपीको बी टिमबाट खेलेका थिए ।

सीपीका लागि उनले ३१ खेलमा ५ गोल गरेका थिए । तर, सीपीको सिनियर टिममा डेब्यु गरेको अर्को वर्ष रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आएका थिए ।
युनाइटेड आएपछि भने रोनाल्डो विश्वकै उत्कृष्ट फरवार्डको रुपमा चिनिएका थिए ।
प्रिमियर लिग क्लबमा ६ वर्ष बसेर रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रोनाल्डो रियलमा ९ वर्ष बिताएर २०१८ मा युभेन्ट्स आएका हुन् ।
रोनाल्डोले क्लब फुटबलमा सबै उपाधि जितेका छन् । रोनाल्डो तीन फरक देशको लिगको उपाधि जित्ने खेलाडी समेत हुन् ।
रोनाल्डोले गत हालै पोर्चुगलका लागि १ सय गोल पुरा गरेका थिए ।