एजेन्सी । क्रोएसियाका अट्याकिङ मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
क्रोएसिया फुटबल फेडेरसनले सोमबार राकिटिचले सन्यास घोषणा गरेको जनाएको छ ।
३२ वर्षीय राकिटिचले क्रोएसियाका लागि १ सय ६ खेलमा १५ गोल गरेका छन् ।
क्रोएसियन आमाबाबुबाट उनी स्विजरल्याण्डमा जन्मिएका थिए । उनले स्विजरल्याण्डको उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका थिए ।
तर, सिनियर टिमका लागि भने उनले क्रोएसिया रोजेका थिए ।
क्रोएसियाका लागि उनले २००७ मा डेब्यु गरेका थिए ।
क्रोएसियाबाट उनले तीन युरोकप र दुई विश्वकप खेलेका थिए ।
सन् २०१८ को विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
राकिटिचले स्पेनिस क्लब सेभियाबाट क्लब फुटबल खेल्ने गर्छन् । बार्सिलोनाबाट यसै समरमा उनी सेभिया फर्किएका हुन् ।
बार्सिलोनामा ६ सिजन बस्दा ला लिगा चार सिजन जितेका थिए । यस्तै चार कोपा डेल रे, २ सुपर कोपासहित च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप एक एक पटक जितेका थिए ।