एजेन्सी । बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् ।
सिरी 'ए' क्लब इन्टरसँगको सम्झौताका लागि भिडाल इटालीको मिलान पुगेका छन् ।
स्वास्थ्य परिक्षणपछि इन्टरले भिडालसँग औपचारिक सम्झौता गर्नेछ ।
बार्सिलोनासँगको सम्झौता बाँकी रहदै चिलीका भिडालले स्पेन छाड्न लागेका हुन् ।
बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको भन्दै भिडाललाई विकल्प खोज्न सुझाव दिएका थिए । जसको कारण भिडालले सिरी ए क्लब रोजेका हुन् ।
भिडाल बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् ।
३३ वर्षीय भिडालले गत सिजन ३३ ला लिगा खेल खेलेका थिए ।