आर्सनलसँग औवामियाङको नयाँ सम्झौता
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलका फरवार्ड पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
गावोनका फरवार्ड औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् ।
३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् ।
औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो ।
तर, सम्झौता नसकिदै आर्सनलले औवामियाङसँग नयाँ सम्झौता गरेको हो ।
सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले सिजनको पहिलो खेलमै गोल गरिसकेका छन् ।
फुलहमसँगको पहिलो खेलमा ३-० को जित निकाल्दा उनले एक गोल गरेका थिए ।
गत सिजन आर्सनलले एफए कपको उपाधि जित्दा औवामियाङले दुई गोल गरेका थिए ।
-अघिल्लो समाचारमा केहि त्रुटी भएको कारण सच्चाईएको छ । सम्पादक ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


