राजेशले भारतीय क्लबबाट खेल्ने
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली यू-२३ टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट खेल्ने भएका छन् ।
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।
भारतको 'बी' डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।
राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् ।
राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् ।
एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई बी डिभिजनकै क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


