साल्केले अनुबन्ध गर्यो पोर्चुगिज फरवार्ड
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब साल्केले पोर्चुगिज फरवार्ड गोन्कालो मेन्डिस प्यासेन्सियालाई लोनमा अनुबन्ध गरेको छ ।
बुन्डेसलिगा क्लब साल्केले मंगलबार गोन्कालोलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
साल्केले गोन्कालोलाई जर्मनीकै आइनट्राख्ट फ्रान्कफुर्टबाट अनुबन्ध गरेको हो ।
यस्तै साल्केलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि समेत विकल्प दिईएको छ ।
२६ वर्षीय फरवार्डले साल्केमा १८ नम्बरको जर्सी लगाउने छन् ।
गोन्कालो सन् २०१८ मा पोर्टोबाट फ्रान्कफुर्ट आएका थिए । उनले फ्रान्कफुर्टका लागि ३४ लिग खेलमा १० गोल गरेका छन् ।
पोर्चुगलका लागि २ खेलमा उनले १ गोल गरेका छन् ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


