एस्टनसँग कप्तान ज्याकको नयाँ सम्झौता
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाका कप्तान ज्याक ग्रिलिसले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
एस्टनले मंगलबार कप्तान ज्याकले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
थप पाँच वर्ष बस्ने गरी कप्तान ज्याकले एस्टनसँग नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै ज्याक २०२५ सम्म एस्टनमा रहने छन् ।
२५ वर्षीय ज्याक आठ वर्षको उमेरबाट एस्टनमा रहदै आएका छन् । उनले २०१३/१४ को सिजन भने नट्स काउन्टीबाट लोनमा खेलेका थिए ।
रिपब्लिक अफ आयरल्याण्डका ज्याकले एस्टनका लागि १ सय ५० भन्दा बढी खेल खेलिसकेका छन् ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

