चेल्सीका पूर्व मिडफिल्डर ओला फुलहममा
मंगलबार, भदौ ३०, २०७७खेलपाटी संवाददाता
एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले नाइजेरियन मिडफिल्डर ओला आइनालाई अनुबन्ध गरेको छ ।
चेल्सीका पूर्व मिडफिल्डर समेत रहेका ओलालाई फुलहमले लोनमा अनुबन्ध गरेको हो ।
फुलहमले २३ वर्षीय मिडफिल्डरलाई इटालियन क्लब टोरिनोबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीको एकेडेमीमा हुर्किएका ओला सन् २०१९ को जुलाईमा टोरिनो आएका थिए ।
त्यसअघि उनले हल सिटी र टोरिनोबाटै एक एक सिजन लोनमा खेलेका थिए ।
टोरिनोले फुलहमलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ ।
फुलहमले प्रिमियर लिगमा हारबाट सिजनको सुरुवात गरिसकेको छ ।
पहिलो खेलमा फुलहम आर्सनलसँग ३-० ले पराजित भएको थियो ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

