एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस गोलकिपर सेर्जियो रिकोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
पीएसजीले शनिबार लोनमा खेलिरहेका गोलकिपरलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
लिग वान च्याम्पियन पीएसजीले रिकोलाई स्पेनिस क्लब सेभियाबाट ६ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
रिकोले गत सिजन लोनमा पीएसजीबाटै खेलेका थिए । तर, उनले २ लिग खेल मात्र खेलेका थिए ।
च्याम्पियन्स लिगमा भने उनले ३ खेल खेलेका थिए ।
२७ वर्षीय गोलकिपरले पीएसजीसँग चार वर्षको सम्झौता गरेका छन् ।
पीएसजी आउनु अघि उनले एक सिजन फुलहमबाट लोनमा खेलेका थिए ।
रिकोले स्पेनका लागि एक खेल खेलिसकेका छन् ।