एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले ब्राजिलियन मिडफिल्डर एलनलाई अनुबन्ध गरेको छ ।
एभर्टनले एलनलाई इटालियन क्लब नापोलीबाट २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
एलनले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन् ।
२९ वर्षीय मिडफिल्डर आठ वर्ष इटालीमा बसेर इंग्ल्यान्ड आएका हुन् ।
एलन सन् २०१५ मा उडिनेजेबाट नापोली आएका थिए । नापोलीका लागि उनले २ सय भन्दा बढी खेल खेलेका थिए ।
नापोलीका लागि एलेनले १ सय ६८ लिग खेलमा ११ गोल गरेका थिए ।
ब्राजिलका लागि उनले ९ खेल खेलेका छन् ।