एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ब्रुमले विंगर ग्राडी डियानगानालाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
वेस्ट ब्रुमले इंग्ल्यान्डका विंगर ग्राडीलाई वेस्ट ह्यामबाट अनुबन्ध गरेको हो ।
विंगर ग्राडी अनुबन्धको रकम भने वेस्ट ब्रुमले खुलाएको छैन । तर, क्लबले १८ मिलियन पाउण्डमा उनलाई अनुबन्ध गरेको बताईएको छ ।
२२ वर्षीय विंगरले वेस्ट ब्रुमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन ग्राडीले लोनमा वेस्ट ब्रुमबाटै च्याम्पियनसिप खेलेका थिए ।
क्लबलाई प्रिमियर लिगमा बढुवा गराउन उनले ३० खेलमा ८ गोल गरेका थिए ।
वेस्ट ब्रुम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो । रेलिगेसनमा परेको दुई सिजनपछि वेस्ट ब्रुम प्रिमियर लिगमा फर्केको हो ।
यस अघि वेस्ट ब्रुमले डिफेन्डर सेड्रिक किप्रेलाई अनुबन्ध गरेको थियो ।