एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर डानी सेबालोस थप एक सिजन आर्सनलमा बस्ने भएका छन् ।
स्पेनिस मिडफिल्डर सेबालोस गत सिजन लोनमा आर्सनल आएका थिए ।
पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले सेबालोससँग पुन: एक वर्षको नयाँ सम्झौता गरेको हो ।
सेबालोसले गत सिजन आर्सनलका लागि ३७ खेलमा २ गोल गरेका थिए ।
आर्सनललाई एफए कप जिताउन सेबालोसले महत्वपूर्ण भूमिका खेलेका थिए ।
२३ वर्षीय मिडफिल्डर २०१७ मा रियल आएका थिए ।
स्पेनको राष्ट्रिय टिमबाट ९ खेल खेलिसकेका सेबालोसले १ गोल गरिसकेका छन् ।
यस्तै रियलबाट ३५ खेलमा ५ गोल गरेका थिए ।
