एजेन्सी । इटालियन क्लब एसी मिलानले स्पेनका युवा मिडफिल्डर ब्राहिम डियाजलाई अनुबन्ध गरेको छ ।
मिलानले डियाजलाई स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो ।
२१ वर्षीय डियाजलाई एक सिजनका लागि मिलानले लोनमा भित्र्याएको हो ।
'रियल मड्रिडबाट स्पेनिस फुटबलर ब्राहिम डियाजलाई सन् २०२१ जुन ३० सम्मको लागि अनुबन्ध गर्न पाउदा एसी मिलान खुशी छ,' क्लबले भनेको छ ।

अट्याकिङ मिडफिल्डर डियाज सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रियल आएका थिए ।
मालागाको एकेडेमीमा हुर्किएका डियाजले सिटीको सिनियर टिमबाट ५ खेल खेल खेलेका थिए ।
यस्तै डियाजले रियलका लागि १५ खेलमा १ गोल गरेका छन् ।
डियाज स्पेनिस यू-२१ टोलीका महत्वपूर्ण सदस्य समेत हुन् ।
