आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कालिनकाे सम्झौता थप्ने एन्फाकाे तयारी

शनिबार, २० भाद्र २०७७नमीन ढकाल
कालिनकाे सम्झौता थप्ने एन्फाकाे तयारी
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमका विदेशी प्रशिक्षक योहान कालिनसंग सम्झौता नविकरणको तयारी गरेको छ ।

राष्ट्रिय टिमका स्विडिस प्रशिक्षक कालिनको सम्झौता फिफा विश्वकप छनोटका बाँकी खेलसम्मका लागि थप्ने तयारी गरिएको एन्फाले जनाएको छ ।

फिफा विश्वकप २०२२ छनोट दोस्रो चरण खेलिरहेको नेपालले घरेलु मैदानमा बाँकी तीन खेल खेल्न बाँकी छ ।

कालिनको सम्झौता सकिने अवस्थामा पुग्नु र कोरोनाको महामारीले खेलेको टुंगो नलाग्दा एन्फा मुख्य प्रशिक्षकको सम्झौता नविकरण गर्ने तयारीमा जुटेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलपाटीसँग बोल्दै कालिनको सम्झौता नविकरण गर्ने तयारी भएको र लगभग टुंगोमा पुगिसकेको बताए ।

‘बाँकी खेल रहेको कारण उनको सम्झौता थप्ने तयारी गरेको छौं । बाँकी तीन खेलका लागि उनी नेपाली टिमसँग रहन्छन् ।’ उनले भने ।

प्रारम्भिक ४२ खेलाडी राष्ट्रिय फुटबल टिमको प्रशिक्षण - Khelpati

चैत्र ११ गते सरकारले देशभर पूर्ण रुपमा लकडाउन लागू गरेसँगै कालिन स्वदेश फर्किएका थिए ।

सरकारले लकडाउन गर्नु एक साता अघिनै एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरेको थियो । त्यसयता उनी स्विडेनमा रहेका छन् ।

एन्फाले फिफा विश्वकप छनोट र साफ फुटबललाई लक्षित गर्दै विदेशी प्रशिक्षक कालिनसंग सम्झौता गरेको हो । एन्फाले कालिनसँग सुरुवातमा दुई बर्षको लागि सम्झौता गरेको थियो । सुरुवातमा गरिएको सम्झौता आगामी जनवरीमा २८ मा सकिदैछ ।

जनवरीमा एन्फासंग सम्झौता गरेका कालिन मार्चमा मात्र नेपाल आईपुगेका थिए ।

एन्फाले बाँकी खेलका लागि खेलाडी छनोट गरेर प्रशिक्षण समेत सुरु भएको अवस्थामा कालिनलाईनै टिम हेर्ने जिम्मेवारी दिन लागेको हो ।

‘उनले (कालिन)सबै खेल हेर्ने कुरा भएको थियो । प्रशिक्षण पनि सुुुरु भैसकेको अवस्था छ । विश्वकप छनोटको बाँकी खेलका लागि उनलाईनै राख्ने तयारी गरेको छौं ।’ महासचिव तुलाधरले भने ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट - Khelpati

यसअघि राष्ट्रिय टिमको बाँकी तीन खेल चैत र बैशाखमा भएपनि कोरोना महामारीका कारण कार्तिक र असोजमा सारिएको थियो ।

विश्वभर अन्तराष्ट्रिय उडान रद्ध भएको र कोरोना संक्रमण बढ्दै गएको भन्दै फिफा र एएफसीले तेस्रो पटकको लागि छनोट प्रतियोगिता स्थगित गरेका छन् । फिफाले सन् २०२१ सम्मका लागि प्रतियोगिता स्थगित गरेको छ ।

नेपालले कालिनको नेतृृत्वमा पहिलो पटक सन् २०१९ मार्च २१ मा कुवेतविरुद्ध खेलेको थियो । उनको नेतृत्वमा नेपालले ११ अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा एक मात्रै जित चाईनिज ताईपेविरुद्ध निकालेको छ । यस्तै, कुवेत र चाईनिज ताईपेविरुद्धको दुई मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

राष्ट्रिय फुटबल टिम भोलि स्वदेश फर्कदै - Khelpati

फिफा विश्वकप छनोट र सन् २०२३ एसिया कप छनोट खेलिरहेका नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । अष्टे«लिया शीर्ष स्थानमा रहेको समूहमा नेपाल पाचौं स्थानमा रहेको छ ।

यसअघि उनी सन् २०१३–१४ को शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब हेर्न नेपाल आएका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल