एजेन्सी । चेल्सीले जर्मन क्लब बायर लिभरकुसनका आक्रमक मिडफिल्डर काइ हाभर्ट्जसंग ५ बर्षको सम्झौता गरेको छ ।
लण्डन क्लब चेल्सीले कीर्तिमानी मुल्य ७१ मिलियन पाउण्डमा जर्मन क्लबका मिडफिल्डरसंग सम्झौता गरेको हो ।
जर्मनका अन्तराष्ट्रिय खेलाडीले बुन्डेसलिगा क्लबबाट १ सय १८ खेलमा ३६ गोल र २५ गोलको अवसर सिर्जना गरेका छन् ।
उनी लण्डन क्लबका सर्वाधिक दोस्रो महङ्गा खेलाडी बनेका छन् । चेल्सीले सन् २०१८ मा एट्लेटिको बिल्बाओबाट गोलकिपर किपा एरिजाबालागालाई कीर्तिमानी ७१ दशमलव ६ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

‘म निकै खुसी छु र गर्वको महशुश गरेको छु । चेल्सी जस्तो ठुलो क्लबबाट खेल्ने सपना साकार भएको छ ।’ हाभर्ट्जले भने ।
चेल्सी निर्देशक मारिया ग्रानोब्सकियाले काइ उनको उमेरको विश्वको सर्वोकृष्ट खेलाडी भएको बताईन् । उनले जर्मन मिडफिल्डरलाई अनुबन्धन गर्न पाउँदा खुसी लागेको बताउँदै उनको भविष्यमा चेल्सीमा रहेको बताईन् ।
‘उनी निकै रोमाञ्चक छन् । उनी प्रतिभाशाली छन् । सिजन सुरु हुनु अघि टिममा उनको बहुमुखी प्रतिभा र क्षमतालाई जोड्न पाउँदा हामी निकै खुसी छौ ।’ उनले भनिन् ।
यस समर ट्रान्सफरमा चेल्सीले अनुबन्धन गरेका हाभर्ट्स सातौं खेलाडी हुन् ।
मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले यसअघि फरवार्ड टिमो वार्नर, मिडफिल्डर हाकिम जियाच, डिफेन्डर जाभियर बुयुम्बा, मलंग सर्र, बेन चिलवेल र थियागो सिल्भालाई स्टामफोर्ड ब्रिज क्लबमा अनुबन्धन गरेका थिए ।
लिभरकुसनको एकेडेमीमा हुर्किएका हाभर्ट्जले यस सिजन मात्र ४५ खेलमा १८ गोल गरेका छन् । कोरोना महामारीले सिजन पुन सुरु भएपछि उनले ११ खेलमा ८ गोल गरेका छन् ।
उनी बहुप्रतिभाशाली मिडफिल्डर मानिन्छन् । उनी अग्रपङ्तीमा समेत खेल्न सक्छन् । उनले जर्मनीबाट ७ खेलमा १ गोल समेत गरेका छन् । चेल्सीले सेम्टेम्बर १४ मा ब्राइटोनसंग खेल्दै प्रिमियर लिगको सुरुवात गर्नेछ ।