एजेन्सी । इजिप्टले जितेको अफ्रिका कप अफ नेसन्सको उपाधि ट्रफी चोरी भएको छ ।
इजिप्ट फुटबल फेडेरसनको हेडक्वाटरबाट उपाधि ट्रफी चोरी भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।
इजिप्ट फुटबलका पूर्व उपाध्यक्ष अहमद शोबिरले उपाधि ट्रफी चोरी भएको खुलासा गरेका हुन् ।
'अफ्रिका कपको उपाधि जुन इजिप्टले प्राप्त गरेको थियो । एसोसिएसनबाट हरायो । मैले ठट्टा गरेको हैन,' एक टेलिभिजन कार्यक्रमले अहमदले भनेका छन् ।
इजिप्टले सन् २००६, २००८ र २०१० मा लगातार उपाधि जितेर ट्रफी आफ्नो बनाएको थियो । लगातार तीन संस्करणको उपाधि जितेका अफ्रिका कपको उपाधि स्थायी रुपमा लैजान पाइन्छ ।
ट्रफ्री हराएपछि एसोसिएसनले त्यसको खोजी गरेको तर नभेटिएको समेत उनले बताए ।
'एसोसिएसन भित्रका एक कर्मचारीले सूचित गरे कि यो पूर्व इजिप्टका कप्तान अहमद हसनले राखेका थिए । जसले यस दावीलाई खण्डन गरे । कसैलाई पनि थाहा छैन कि ट्रफी अहिले कहाँ छ,' उनले थपे ।
इजिप्टले हालसम्म ६ पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।