एजेन्सी । इंग्लिस क्लब चेल्सीसँग सम्झौता गर्न जर्मन मिडफिल्डर काइ हाभर्ट्ज लण्डन प्रस्थान गरेका छन् ।
बीबीसीका अनुसार जर्मनीले प्रशिक्षण शिविर छाड्न अनुमति दिएपछि हाभर्ट्ज शुक्रबार लण्डन प्रस्थान गरेका छन् ।
जर्मन क्लब बायर लेवरकुसेनका अट्याकिङ मिडफिल्डर हाभर्ट्ज नेसन्स लिगका लागि जर्मनीको टिममा रहेका थिए ।
लेवरकुसेनले समेत हाभर्ट्ज चेल्सीसँग छलफल गर्न लण्डन लागेको जनाएको छ ।
२१ वर्षीय मिडफिल्डर अनुबन्धका लागि चेल्सीले निकै प्रयास गरिरहेको छ । उनलाई अनुबन्ध गर्न चेल्सी ९० मिलियन खर्च गर्न तयार समेत देखिएको छ ।
फ्रान्क लाम्पार्डले यस सिजन सातौं खेलाडीको रुपमा हाभर्ट्जलाई क्लबमा अनुबन्ध गर्न लागेको हो ।
चेल्सीले टिमो वेर्नेर, हाकिम जिएच, थियागो सिल्भा, बेन चिलवेल लगायतका खेलाडी अनुबन्ध गरिसकेको छ ।
गत सिजन सनसनी प्रदर्शन गरेपछि चेल्सीले उनलाई अनुबन्धको तयारी गरेको हो ।
गत सिजन लिवरकुसेनले पाँचौ स्थान हासिल गर्दा हाभर्ट्जले १९ गोल गरेका थिए ।
