एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एट्लेटिकोले शुक्रबार कोस्टालाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
एट्लेटिकोले कोस्टासँगै अर्का खेलाडी सान्टियागो अरीअसलाई पनि कोरोनाको संक्रमण देखिएको जनाएको छ ।
कोरोना देखिएपछि दुबै खेलाडी सेल्फ आईसोलेसनमा रहेको क्लबले जनाएको छ ।
यस्तै दुबै खेलाडीमा कोरोनाको लक्षण नभएको समेत बताईएको छ ।
नयाँ सिजनको लागि टिमको प्रशिक्षण सुरु अघि गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको हो ।
एट्लेटिकोले शुक्रबारबाट टिमको तयारी थाल्दैछ । तर, अब दुबै खेलाडी प्रशिक्षणमा हुने छैनन् ।