एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ब्रुमले डिफेन्डर सेड्रिक किप्रेलाई अनुबन्ध गरेको छ ।
२३ वर्षीय सेन्टर ब्याक सेड्रिकलाई वेस्ट ब्रुमले च्याम्पियनसिप क्लब विगन एथ्लेटिकबाट अनुबन्ध गरेको हो ।
सेड्रिकले वेस्ट ब्रुमसँग चार वर्षको सम्झौता गरेका छन् ।
फ्रान्समा जन्मिएका आइभरी कोस्टका डिफेन्डरले गत सिजन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले ३६ च्याम्पियनसिप खेलमा २ गोल समेत गरेका थिए ।
वेस्ट ब्रुम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो । रेलिगेसनमा परेको दुई सिजनपछि वेस्ट ब्रुम प्रिमियर लिगमा फर्केको हो ।