एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (शुक्रबार) विभिन्न आठ खेलहरु हुँदैछ ।
बिहीबारबाट सुरु नेसन्स लिग अन्तर्गत शुक्रबार इटाली, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
इटालीले नेसन्स लिगको पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ ।
इटालीले बोस्नियासँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
यस्तै नेदरल्यान्ड्सले पोल्याण्डसँग खेल्नेछ । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल राति १२:३० मा सुरु हुनेछ ।
नर्वेले अष्ट्रियासँग घरेलु मैदानमै खेल्नेछ ।
त्यस्तै स्कटल्याण्डले इजरायल, रोमानियाले नर्दन आयरल्याण्ड र बेलारुसले अल्बानियासँग खेल्ने छन् ।
अन्य खेलमा स्लोभाकियाले चेक रिपब्लिक तथा लिथुनियाले कजाकिस्तानसँग खेल्ने छन् ।