एजेन्सी । स्पेनिस महारथी क्लब बार्सिलोनाले म्यान्चेष्टर सिटीका डिफेन्डर एन्जिलिनो अनुबन्धनमा ईच्छा देखाएको छ ।
२३ बर्षका डिफेन्डर जर्मन क्लब आरबी लाइपेजिगबाट लोनमा खेलिरहेका छन् । उनको लाइपेजिगसंग सम्झौता सकिन अझै ६ महिना बाँकी छ ।
उनी सम्मिलित लाइपेजिग च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको थियो ।
उनी सन् २०१४ मा म्यान्चेष्टर सिटीसंग आबद्ध भएका थिए ।
उनले गत सिजन सिटीबाट १२ खेलमा सहभागीता जनाए । लगत्तै उनी जर्मन क्लबमा आबद्ध भएका थिए ।

उनी ३० मिलियन युरोमा लिन सकिने विकल्प सहित लाइपेजिगमा आबद्ध छन् । सोही रकम सिटीले बार्सिलोनासंग अपेक्षा गरेको छ ।
प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले नयाँ टिम बनाउन खोजिरहेको छ ।
गत हप्ता च्याम्पियन्स लिगको सेमिफाईनलमा बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि बार्सिलोना नयाँ प्रशिक्षकको नेतृत्वमा टिम पुनर्निमार्णमा जुटेको हो ।