एजेन्सी । न्युकासल युनाइटेडका मिडफिल्डर म्याटी लङ्स्टाफले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
इंग्लिस मिडफिल्डर म्याटीले थप दुई वर्ष क्लबमा रहने गरी न्युकासलसँग सम्झौता गरेका छन् ।
२० वर्षीय मिडफिल्डरको क्लबसँगको सम्झौता यसै समरमा सकिदै थियो । तर, त्यसअघि नै उनले क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
न्युकासलको एकेडेमीबाट सिनियर टिममा आएका उनले गत सिजन १५ खेलमा ३ गोल गरेका थिए ।
गत अक्टोबरमा म्यानचेस्टर युनाइटेडविरुद्ध उनले निर्णायक गोल गरेका थिए ।
'सम्झौता केहि लामो छ तर यो सम्झौता गर्न पाउँदा म खुशी छु,' सम्झौतापछि उनले भने, 'सेन्ट जेम्स पार्कमा फर्कन मैले कुर्न सकेको छैन ।'
गत सिजन न्युकासल प्रिमियर लिगको १३ औं स्थानमा रहेको थियो ।