एजेन्सी । मिडफिल्डर ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेडको अगस्ट महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
युनाइटेडले शनिबार फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै फर्नान्डेसले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
गत जनवरीका युनाइटेड आएका उनले चौथो पटक क्लबको प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
पोर्चुगिज मिडफिल्डर फर्नान्डेसले यस अवार्डका लागि समर्थकबाट ४८ प्रतिशत मत पाएका थिए ।
उनले एन्थोनी मार्सियललाई पछि पारे । फ्रान्सका मार्सियलले ४४ प्रतिशत मत पाएका थिए ।
फर्नान्डेसले अगस्टमा युरोपा लिगको खेलमा दुई गोल गरेका थिए । उनले कोपनहेगन र सेभियाविरुद्ध पेनाल्टीमा एक एक गोल गरेका थिए ।