एजेन्सी । नेपाल राष्ट्रिय फुटबल टिमका युवा स्टार अभिषेक रिजाललाई अनुबन्ध गरेको भारतीय क्लब मोहम्मेदन स्पोर्टिङ क्लबले अर्का युवा स्टार सुरज रावतलाई अनुबन्ध गरेको छ ।
भारतीय दोस्रो डिभिजन लिग क्लब मोहम्मेदनले भारतीय युवा स्टारलाई शुक्रबार अनुबन्ध गरेको हो ।
२१ वर्षीय सुरज हिरो इन्डियन सुपर लिग (आईएसएल) र इन्डियन लिग (आईलिग) को अनुभव लिईसकेका खेलाडी हुन् ।
मिडफिल्डर सुरजले आईएसएलमा केरेला ब्रास्टर र आईलिगमा इन्डियन आरोजबाट प्रतिनिधित्व गरेको थिए । उनले सन् २०१९–२० मा इडियन आरोज र त्यस अघिको सिजनमा केरेला ब्रास्टरबाट खेलेका हुन् ।
कोरोना कहरकाबीच दोस्रो डिभिजनको लिग अर्को हप्ताबाट पुनः सुचारु गर्ने तयारी गरिएको छ । जसका लागि मोहम्मेदनले अभिषेकसँगै सुरजलाई अनुबन्ध गरेको हो ।
मोहम्मेदनले हालै आईलिग च्याम्पियन पञ्जाब एफसीका मुख्य प्रशिक्षक रहिसकेका २७ वर्षिय यानलाई टिममा अनुबन्ध गरेको थियो । उनी 'ए' लाईसेन्स प्राप्त भारतीय प्रशिक्षक हुन् ।
मोहम्मेदनले नेपाली युवा स्टार अभिषेकलाई ३ वर्षको लागि अनुबन्ध गरेको थियो । अभिषेक भारत प्रस्थान गरिसकेका छन् ।
सन् १९९१ स्थापना भएको मोहम्मेदन अहिलेसम्म शीर्ष डिभिजनमा बढुवा भएको छैन । यस पटक भने शीर्ष डिभिजनमा उक्लन मोहम्मेदनले टिममा ठुलो लगानी गरेको छ ।
कोरानो भाईरसका कारण प्रतियोगिता स्थागित हुँदासम मोहम्मेदनले ६ खेल खेलेको छ । जस मध्ये ४ खेलमा जित निकाल्दा २ खेलमा हार ब्यहोरेका छ । १२ अंक जोडेको मोहम्मेदन
शीर्ष स्थानमा रहेको छ ।