एजेन्सी । म्यान्चेष्टर सिटी सिरि ए क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज अनुबन्धनमा अघि बढेको छ ।
सिटीले समर ट्रान्सफरमा इन्टरका फरवार्ड मार्टिनेज अनुबन्धनलाई पहिलो लक्ष्य बनाएको हो ।
पेप ग्वार्डीओला सर्जियो अग्युरोको विकल्पको रुपमा ह्यारी केनलाई पहिलो प्राथमिकतामा राखेका थिए । यस बर्ष ह्यारी केनलाई इतिहाद ल्याउन असम्भव देखिएपछि मार्टिनेजमा ग्वार्डीओलाको ध्यान केन्द्रित भएको हो ।
उनी युरोपा लिगको फाईनलमा इन्टरबाट सुरुवाती लाईनअपमा देखिएका थिए ।
फाईनलमा इन्टर भने सेभियासंग पराजित बनेको थियो ।
मार्टिनेजले यस सिजन २० गोल गरेका छन् ।
उनका लागि इन्टरले ८१ मिलियन पाउण्डको रिलिज क्लज राखेको छ । जसलाई पुरा गर्न सिटी सक्षम देखिन्छ ।
बार्सिलोना समेत नाउ क्याम्पमा मार्टिनेजलाई लैजान जोडिएको थियो । तर उसले मार्टिनेजको दौडबाट हात झिकेको अवस्था छ ।
इन्टरले मार्टिनेजलाई अर्जेन्टिनाको रेसिङ क्लबबाट दुई बर्ष अघि २० मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो । उनले अर्जेन्टिनाबाट १७ खेलमा प्रतिनिधित्व गरेका छन् । साथै उनले ९ गोल गरेका छन् । गत सेप्टेम्बरमा उनले मेक्सिकोबिरुद्ध ह्याट्रिक गरेका थिए ।
इन्टर मिलान मार्टिनेजलाई क्लबमै राख्न चाहन्छ । तर ग्वार्डीओला नयाँ फरवार्डको रुपमा मार्टिनेजलाई इतिहादमा उतार्न चाहेका छन् ।
मुख्य फरवार्ड सर्जियो अग्युरोको सिटीसंगको सम्झौता सकिन एक बर्षमात्र बाँकी छ । उनी पछिल्लो समय अर्जेन्टिनी क्लबमा फर्कन चाहेका छन् ।
सन् २०११ म एट्लेटिको मड्रिडबाट अग्युरो सिटी आएका थिए । उनले सिटीबाट १ सय ८० गोल गर्दै क्लबका सर्वाधिक गोलकर्ता बने ।