एजेन्सी । फ्रान्सको शीर्ष डिभिजनको लिग वान फुटबलको नयाँ सिजन सुरु भएको छ ।
शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा नान्टेस र बोर्डोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
बोर्डोको मैदानमा दुबै टिमले गोलको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो ।
घरेलु टोली १० खेलाडीमा समेटिए पनि नान्टेसले त्यसको फाइदा उठाउन सकेन ।
खेलको २० औं मिनेटमा मेहदी जेर्कानेले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बोर्डो १० खेलाडीमा समेटिएको थियो ।
कोरोना भाईरसको कारण मार्सेली र सेन्ट इटिनेबीचको खेल भने स्थगित भएको थियो । मार्सेलीको खेलाडीमा कोरोना देखिएपछि शुक्रबार तय भएको खेल स्थगित गरिएको हो ।
कोरोनाको कारण गत सिजनको लिग वान अप्रिलमा सकिएको थियो । सिजन नसकिदै रद्द हुँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिएको थियो ।