एजेन्सी । बार्सिलोनाका पूर्व स्ट्राइकर हेन्रिक लार्सन सहायक प्रशिक्षकको रुपमा क्लब फर्किएका छन् ।
स्विडेनका पूर्व स्ट्राइकर लार्सनले शुक्रबार बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै लार्सन मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको सहायकको रुपमा रहने छन् ।
बार्सिलोनाले बुधबार कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
४८ वर्षीय लार्सनले २००४ देखि ६ सम्म बार्सिलोनाबाट खेलेका थिए । जसमा उनले दुई ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।
सन् २००६ को च्याम्पियन्स लिग जित्दा आर्सनलविरुद्धको फाइनलमा दुबै गोल लार्सनले गरेका थिए ।

यस्तै बार्सिलोनाले अल्फ्रेड स्रुडरलाई समेत सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
अल्फ्रेड जर्मन क्लब होफेनहाइमका पूर्व प्रशिक्षक समेत हुन् ।