पाँच हजार मिटर दौडमा जोसुवाको विश्व कीर्तिमान
शनिबार, साउन ३१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएका छन् ।
फ्रान्सको मोनाको शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् ।
यस अघि पाँच हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेको नाममा १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान रहेको थियो ।
इथोपियाका लेजेण्ड उनले सन् २००४ मा कीर्तिमान बनाएका थिए ।
मोनाकोमा जोसुवाले दोस्रो पटक विश्व कीर्तिमान बनाएका हुन् । गत फेब्रुवरीमा जोसुवाले ५ किमी दौडमा कीर्तिमान बनाएका थिए ।
'मोनाको मेरो लागि विशेष ठाउ हो र मैले विश्व रेकर्ड बनाउने एज ठाउ हो,' जोसुवाले भने ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

