एजेन्सी । बार्यन म्युनिखका लिजेन्ड वास्टियन स्वास्न्टाईगरले क्लबसंग भावुक विदाई लिएका छन् । आफ्नो सम्मानमा आयोजित खेलसंगै उनले बार्यनसंग औपचारिक रुपमा बिदा लिएका हुन् ।
उनी अमेरिकन क्लब चिकागो फायरबाट म्युनिख खेल्न आएका थिए । उनको सम्मानमा आयोजित खेलको दोस्रो हाफमा उनी म्युनिखको तर्फबाट खेलेका थिए ।
३४ बर्षका स्वास्न्टाईगरले बार्यन म्युनिखमा १७ बर्ष बिताए । उनी १३ बर्षको उमेरमा क्लबमा आबद्ध भएका थिए । उनी सन् २०१५ मा इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेड गएका थिए ।
म्युनिख आएर उनले पहिलो हाफ एमएलएस क्लबकाे तर्फबाट खेलेका थिए । दोस्रो हाफ बार्यनबाट खेलेका उनले गोल समेत गरे ।
‘म तिमीहरु मध्य एक हुँ । म सधै रहनेछु ।’ उनले भने ।

जर्मनीको राष्ट्रिय फुटबल टिमका लिजेन्ड समेत रहेका स्वास्न्टाईगरले निकै भावुक मुद्रामा अाँशु खसाल्दै भने, ‘मेरो विगत मात्र बार्यनसंग सम्बन्धित छ । अरु केही छैन् । तिमीबिना, म यहाँ हुन्थेन ।’
उनी क्लबमा रहदाँ बार्यनले ८ बुन्डेशलिगा, ७ जर्मन कप र सन् २०१३ मा एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बार्यनका पुर्व प्रशिक्षक लुईस भान गाल प्रिमियर लिग क्लब गएपछि उनलाई समेत म्यान युमा अनुबन्धन गरेका थिए । उनले म्यानमा रहदाँ ३५ म्याच खेले ।
उनी फ्रि टान्सफर अन्तर्गत गत बर्षमात्र अमेरिका गएका थिए । उनी अहिले चिकागो फायरमा दोस्रो बर्ष बिताईरहेका छन् । सन् २०१४ को विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य स्वान्स्टाईगरले सन् २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
उनले राष्ट्रिय टोलीबाट १ सय २१ म्याच खलेका थिए ।