एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
टोटेनहमले बिहीबार सन् २०२०/२१ को सिजनका लागि होम एण्ड अवे जर्सी सार्वजनिक गरेको हो ।
नयाँ सिजनको लागि टोटेनहमको जर्सी नाइकी कम्पनीले बनाएको हो । टोटेनहमले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।
यस सिजन टोटेनहम लिगको छैटौं स्थानमा रहेको थियो ।

