एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एण्ड होभ एल्वियनले डच डिफेन्डर जोएल भेल्टमानलाई अनुबन्ध गरेको छ ।
ब्राइटनले २० वर्षीय डिफेन्डरलाई डच क्लब आयाक्सबाट अनुबन्ध गरेको हो ।
सेन्टर डिफेन्डर भेल्टमानले ब्राइटनसँग तीन वर्षे सम्झौता गरेका छन् । भेल्टमान अनुबन्धको मूल्य भने गोप्य राखिएको छ ।
भेल्टमानले सन् २०१२ मा आयाक्समा डेब्यु गरेका थिए ।
उनले आयाक्सका लागि २ सय खेलमा १० गोल गरेका छन् ।
भेल्टमानले आयाक्सबाट तीन लिगको उपाधि जित्नुका साथै च्याम्पियन्स लिग खेलेका छन् ।
भेल्टमानले नेदरल्यान्ड्सका लागि २२ खेल खेलेका छन् ।