• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्रामको मौका पाए - सन्दीप
खेलपाटी संवाददाता
बुधबार, साउन १४, २०७७ खेलपाटी संवाददाता
विश्रामको मौका पाए - सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाईरसको कारण लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट नहुँदा आफुले पर्याप्त विश्रामको मौका पाएको बताएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न वेष्ट इण्डिज जान अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले कोरोनाको कारण आफुले विश्रामको अवसर पाएको बताएका हुन् ।

'यो राम्रो ब्रेक (विश्राम) थियो । नेपालसहित विश्वभरका सबै खेलाडी मानसिक रुपमा थकित थिए होला । सबै खेलाडीसँगै मेरो लागि समेत राम्रो ब्रेक मिल्यो ,' सन्दीपले भने ।

नेपाली क्रिकेटका ग्लोबल आईकन सन्दीप सीपीएल क्रिकेट खेल्न बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्दैछन् ।

चार्टर्ड फ्लाइटमार्फत दक्षिण कोरिया, अमेरिका हुँदै सन्दीप वेष्ट इन्डिज पुग्नेछन् । त्यहाँ पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्नेछन् ।

सन्दीपले लामो समयपछि क्रिकेटमा फर्किन पाउँदा आफु उत्साहित रहेको समेत बताए ।

'प्रतियोगितालाई लिएर निकै उत्साहित छु । आशा छ मसँगै सारा नेपाली उत्साहित हुनुहुन्छ,' सन्दीपले भने, 'क्रिकेट फर्किएको छ । प्रतियोगितामा जति हुन सक्छ राम्रो प्रदर्शन गर्ने कोशिस गर्नेछु । पहिलेको भन्दा पनि दोब्बर उत्साहित छु ।'

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी लगातार तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् । ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।

सन्दीपले कोरोनाको कारण लकडाउन हुँदा आफुले धेरै कुरा सिकेको समेत बताए ।

'नियमित कामबाट एक्कासी छुट्दा गाह्रो हुन्छ । तर, तपाई जस्तोसुकै परिस्थिको सामना गर्न तयार हुनुपर्छ,' सन्दीपले भने, 'यस्तो समयले धेरै कुरामा सहयोग गर्छ । आफुले के गर्ने के नगर्ने, आफ्नो कमजोर पक्षमा सुधार गर्ने, फिटनेस र बडी मेन्टेन गर्ने गर्न सकिन्छ । मैले पनि त्यही नै गरें ।'

कोरोनाको कारण सन्दीप झन्डै ४ महिनाबाट मैदान बाहिर रहेका छन् । यस समयमा सन्दीपले नेपालका विभिन्न स्थानको भ्रमण गरे । लकडाउन सुरु भएपछी सन्दीपले परिवारसँग लामै समय बिताउने मौका पाए ।

लकडाउनमा सदीपले आफ्नो केहि गित सार्वजनिक गरेका थिए । तिमि नै छौ, समर्पित, आज फेरी, हारे म जस्ता आफुले गाएको गित युटुबबाट सार्वजनिक गरेका थिए ।

'लकडाउन खुकुलो भएपछी भने त्रिवि मैदानमा अभ्यास गर्थें । धेरै समय गर्न नपाए पनि आफ्नो लय गुम्न दिईनँ,' उनले थपे, 'सुरु सुरुमा साथीहरुसँग बसेर गित पनि लेखें । यो समय
शुभचिन्तकसँग अन्तरक्रिया गर्ने मौका पनि मिल्यो । धेरै समय संगीतमा बित्यो । संगीत मेरो एक पाटो हो जसले मलाई रिफ्रेस बनाउँछ ।'

यस्तै सन्दीपले यस समयमा आफु मानसिक र भावनात्मक रुपमा बलियो बनेको समेत बताए ।

'पहिले म अलि भावुक थिएँ । यो समयमा आफुलाई मानसिक र भावनात्मक रुपमा बलियो बनाएको छु । कतिपय कुरा आफ्नो नियन्त्रणमा हुँदैन त्यसमा समय खेर फालिन,' सन्दीपले भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP