एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले गोल्डेन बुट जितेका छन् ।
प्रिमियर लिगमा यस सिजनमा २३ गोल गरेका भार्डीले गोल्डेन बुट जितेका हुन् ।
सिजनभ री लेस्टरलाई शीर्ष तीनमा राख्न सफल अन्तिम समयमा च्याम्पियन्स लिगमा छनोट गराउन भने सकेनन् ।
निर्णायक खेलमा लेस्टरले घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडसँग २-० को हार ब्यहोर्यो ।
अन्तिम खेलमा भार्डीले समेत युनाईटेडविरुद्ध गोल गर्न सकेनन् । तर यस सिजन प्रिमियर लिगमा सर्वाधिक २३ गोल गरेका उनले गोल्डेन बुट भने प्राप्त गरेका छन् ।
भार्डीले गोल्डेन बुटको दौडमा साउथह्याम्टनको ड्यानी ईङ्स र आर्सनलका पियरिक ईम्रिक अबुमियाङलाई पछि पारे ।
लेस्टर अन्तिम खेलमा म्यान युनाईटेडसंग पराजित बन्यो । युनाईटेडलाई जिताउन ब्रुनो फर्नान्डेस र जेसी लिङ्गार्डले गोल गरे ।
लेस्टरले पाँचौ स्थानमा रहदै लिगको अन्त्य गर्यो । लेस्टरलाई हराएको युनाईटेड भने अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भयो ।

यस्तै सिटीका गोलकिपर एण्डरसनले गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।