एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा लिभरपुलले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा च्याम्पियन लिभरपुलले न्युकासल युनाइटेडमाथि पुनरागमन गर्दै ३-१ को जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै डीवाइट गेलले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ३८ औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५९ औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले ३८ खेलमा ९९ अंक जोड्दै प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो ।
न्युकासललाई हराएसँगै लिभरपुलले सिजनको अन्त्य सुखद गरेको छ ।
न्युकासल ४४ अंक जोडेर लिगको १३ औं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।